Section 7
संसदीय सुनुवाइका लागि लेखी पठाउनु पर्ने
(१) परिषद्ले कुनै पदाधिकारीको नियुक्तिको लागि सिफारिस गरेमा सचिवले संसदीय सुनुवाइको लागि त्यस्तो सिफारिस“संघीय संसद सचिवालय” मा लेखी पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी पठाएकोमा “संघीय संसद सचिवालय”बाट नियुक्ति गर्न बाधा नपर्ने गरी लेखी आएको व्यक्तिलाई परिषद्को निर्णय बमोजिम सचिवले नियुक्तिको लागि राष्ट्रपति समक्ष पेश गर्न राष्ट्रपतिको कार्यालयमा लेखी पठाउनु पर्नेछ ।